काठमाडौ । नेकपा एमालेका २७ जना सांसदले आफूहरुको सांसद पद खारेजी गर्ने प्रक्रिया रोक्न माग गर्दे सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
एमाले नेता तथा सांसदहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावल सहित २७ जनाले सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनेअन्तरिम आदेशको माग गर्दे रिट दर्ता गराएका हुन् ।
आफुहरुलाई दल त्याग गरेको भनी कारवाही गर्न सक्ने आशंका भएको भन्दै सो कार्य रोक्न र यदी कारबाही गरे त्यो प्रक्रिया अघि नबढाउन संसद सचिवालयका नाममा परमादेश जारी गर्न पनि रिटमा गरिएको छ । उनिहरुले निर्बाचन आयोगमा कायम रहेको नेकपा एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने आदेश दिन समेत माग गरेका छन् ।
बुधबार नै रिट दर्ता गर्न खोजे पनि नमिलेका कारण बिहिबार रिट दर्ता भएको हो । रिटको प्रारम्भिक सुनुवाईका लागि आईतबारलाई पेशी तोकिएका छ ।











