२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कयौं विषयमा गल्ती गरेको छ: काँग्रेस महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ ।

महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराउनु भयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारले संसदमा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘सत्ता र प्रतिपक्ष एक ठाउँमा उभिएर यो विधेयकलाई अप्रेशन गरेर यो विधेयकको पुनर्निर्माण गरेर, यो विधेयकमार्फतबाट अहिलेको समयलाई, अहिलेको समाजलाई, अहिलेको युगलाई सम्बोधन गर्ने ल्याकत राख्नुपर्छ । सरकारको हामी को छौं, को छैनौ । यो दोस्रो कुरा हो । तर विद्यालयमा हामी सबै छौं । देशमा, समाजमा हामीसँगै छौं । सम्माननीय सभामुख महोदय, ठूलाका लागि जेल बनाउनु भन्दा विद्यालय बनाउनु राम्रो कुरा हो । सरकार यो बेलामा एकातर्फ सानाका लागि व्यवस्थित विद्यालयको परिकल्पना गरिदैछ । अर्कातिर ठूलाका लागि जेल बनाउनु हुन्न भन्ने त सही हो ।’

‘अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आम माफीको प्रक्रियाबाट छोड्दैछ । त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालक बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भिर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाज, त्यसलाई कति गम्भिर रुपमा लिन्छ ? त्यसैले मैले टुंग्याउँदै गर्दा अन्तिममा अपिल र आग्रह गर्न चाहन्छु–सरकार कयौं निर्णयहरुमा जो कमजोरी गरिरहेको छ, यो विषय कमजोरी नगरोस् । गल्ती नगरोस् । शिक्षक आन्दोेलन जे भएको थियो । र, त्यसले प्रस्तुत गरेको एक, एक बुदामा किन्तु, परन्तु केही पनि नगरी राहत शिक्षकहरुले समेत राखेका भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाइराखेर यसलाई परिमार्जित गरेर ती सबैको भावनालाई सम्बोधन गर्नेगरी बनोस् । ताकि ५० वर्षपछि आएको यो विधेयकले अव २० वर्षका लागि उज्यालो छर्न सकोस् । ’

महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।