४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभेन समिटको टोलीद्वारा चो यू हिमालको सफल आरोहण



अ+ अ-

काठमाडौं: सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा गएको ११ पर्वतारोहीको टोलीले विश्वकै छैटौं अग्लो चो यू हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहण दलले ८,१८८ मिटर अग्लो यो हिमालको शिखर आज बिहान ४.३० बजे चुमेको सेभेन समिटले जनाएको छ ।

आरोहण दलको नेतृत्व गरका आरोही छाङ दावा शेर्पाले आज बिहान सफलतापूर्वक शिखर चुमेको जानकारी दिनु भएको छ ।

सेभेन समिट ट्रेकका निर्देशक समेत रहेका दावा शेर्पाले ३० वर्षकै उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरिसक्नु भएको छ । उहाँ कलिलै उमेरमा यस्तो रेकर्ड राख्ने दोस्रो नेपाली हुनुहुन्छ ।

दावाले यस टोलीले चो यू हिमालबाट फर्के लगत्तै शिशापाङ्गा हिमाल पनि आरोहण गर्ने जानकारी दिनुभयो ।

चो यू हिमाल आरोहणमा सहभागीहरु
१. शेहरोज कासिफ (पाकिस्तान)
२. निमा रिन्जी शेर्पा (नेपाल)
३. पासाङ नुर्बु शेर्पा (नेपाल)
४. मिङतेम्बा शेर्पा (नेपाल)
५. एड्रीयाना ब्राउन्ली (युके)
६. गेल्जी शेर्पा (नेपाल)
७. चेङ् को अर्ह (ताइवान)
८. लाक्पा नुरु शेर्पा (नेपाल)
९. डोरोटा लिडिया (पोल्यान्ड)
१०. एलिना पेकोभा (रसिया)
११. दावा नुर्बु शेर्पा (नेपाल)

तस्वीरः सेभेन समिट