२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप : इंग्ल्यान्डद्वारा न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य



अ+ अ-

काठमाडौै । भारतमा आजदेखि सुरु भएको आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २८३ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै २८२ रन बनायो ।

इंग्ल्यान्डको लागि जो रुटले ८६ बलमा ४ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ७७ रन बनाए । कप्तान जस बटलर ४३ रन बनाएर आउट हुदा ओपनर जोनी बेयरस्टो ३३ रनमा आउट भए । यस्तै, डेविड मलान १४, ह्यारी ब्रुक २५, लियाम लिभिङस्टोन २०, मोइन अली ११ रन बनाएर आउट भए ।

न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा एक मेडनसहित ४८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मिचेल सान्टनरले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । यस्तै,गेल्न फिलिफले २ विकेट लिए भने  ट्रेन्ट बोल्ट र ​​रचिन रविन्द्रले समान एक विकेट लिए ।