९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी–हात्ति आयो, हात्ति आयो फुस्सा

प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी–हात्ति आयो, हात्ति आयो फुस्सा
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणबाट महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भुमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ति आयो, हात्ति आयो फुस्सा’ जस्तो भएको टिप्पणी गर्नुभयो । भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दु:खद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले एउटा महत्वपूर्ण अवसर चीन भ्रमणमा मुलुकको विकासको लागि, मुलुकको अग्रगतिको लागि, मुलुकको उन्नतिको लागि, यो देशका जनताको गरिबी हटाउनका लागि यो मुलुकलाई विकासको बाटोमा अगाडी बढाउनका लागि र केपी ओलीको पालामा प्रश्तावित भएका ९ वटा योजनाहरुलाई कार्यान्वयन गर्ने मौका चुकाउनु भयो । यो देशका लागि अत्यन्त दु:खद कुरा हो ।’

उहाँले नेपालको प्रधानन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी पनि गर्नुभयो ।