• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   आज बकर इद मनाइँदै ★   बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट ★   नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो ★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा



धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा शुरु भएको छ ।

देशभरबाट छानिएका ५२ जनालाइ राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिदैछ । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनुहुनेछ। यसैगरी वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुबबहदुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धि, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरु र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनुहुनेछ ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले “Nepal’s economy through youth perspective’ सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले “Disinformation and Misinformation” सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले “युवा महिला केन्द्रीत नवीन राप्रपा र नेतृत्व” सम्बन्धमा, विज्ञ आस्था दाहालले “Analysis of integrated election bill through GESI perspective” को बारेमा, वरिष्ठ पत्रकार दिलभुषण पाठकले “Leadership, public speaking and how to deal with media” सम्बन्धमा प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् ।

प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्यसंग संविधानका बारेमा अन्तर्क्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।