१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डद्वारा माओवादी सचिव आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

वीर अस्पतालमा उपचाररत आचार्यलाई बिहीबार बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

पार्टीको कार्यक्रममा आचार्य अछामको साँफेबगरमा अस्वस्थ हुनुभएको थियो । पार्टीको तीन महिने रुपान्तरण अभियानका क्रममा समीक्षा बैठकमा सहभागी हुन उहाँ साँफेबगर पुग्नुभएको थियो ।

माओवादी नेता खगराज भट्टका अनुसार साँफेबगरको एउटा होटलमा बसिरहेका बेला सचिव आचार्यको बोली एक्कासि बन्द भएको र शरीरको दायाँ भाग चल्न छोडेको थियो ।

त्यसपछि लगत्तै उहाँलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि जहाजमार्फत उहाँलाई काठमाडौँ ल्याइएको हो ।