१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियन्त्रण एकाइमा समस्या आएका कारण चन्द्र मिसन विफल



अ+ अ-

एजेन्सी । रूसले गत अगष्टमा चन्द्रमामा रहेको आफ्नो ल्यान्डर ‘अनबोर्ड कन्ट्रोल युनिट’ को खराबीका कारण उक्त यान चन्द्रमामा खसेको बताएको छ ।

मङ्गलबार स्टेट स्पेस कर्पोरेसन रोस्कोस्मोसले नियन्त्रण एकाईले प्रोपल्सन प्रणाली (कुनै वस्तुको अनुवादात्मक गतिलाई परिमार्जन गर्न धक्का दिने वा तान्ने शक्ति)बन्द गर्न असफल भएको बताएको छ । यो यान गत अगस्टमा चन्द्रमामा खसेर विस्फोट भएको थियो ।

रोस्कोस्मोसका प्रमुख युरी बोरिसोभले एक अनुसन्धान आयोगले आफ्नो काम पूरा गरेको र सरकारलाई प्रतिवेदन दिन तयारी गरिरहेको बताउनुभएको छ ।

“लुना–२६ र लुना–२७ मिसनलाई जतिसक्दो छिटो आवश्यक पर्ने परिणाम प्राप्त गर्नका लागि अगाडि बढ्ने सम्भावनाबारे पनि विचार गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

उहाँले चन्द्रमा अन्वेषण कार्यक्रमलाई अघि बढाउने दृढता व्यक्त गर्नुभयो । गत अगष्टमा रूसको लुना–२५ यान अनियोजित कक्षमा प्रवेश गरेपछि चन्द्रमामा खसेको थियो ।