९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियन्त्रण एकाइमा समस्या आएका कारण चन्द्र मिसन विफल



अ+ अ-

एजेन्सी । रूसले गत अगष्टमा चन्द्रमामा रहेको आफ्नो ल्यान्डर ‘अनबोर्ड कन्ट्रोल युनिट’ को खराबीका कारण उक्त यान चन्द्रमामा खसेको बताएको छ ।

मङ्गलबार स्टेट स्पेस कर्पोरेसन रोस्कोस्मोसले नियन्त्रण एकाईले प्रोपल्सन प्रणाली (कुनै वस्तुको अनुवादात्मक गतिलाई परिमार्जन गर्न धक्का दिने वा तान्ने शक्ति)बन्द गर्न असफल भएको बताएको छ । यो यान गत अगस्टमा चन्द्रमामा खसेर विस्फोट भएको थियो ।

रोस्कोस्मोसका प्रमुख युरी बोरिसोभले एक अनुसन्धान आयोगले आफ्नो काम पूरा गरेको र सरकारलाई प्रतिवेदन दिन तयारी गरिरहेको बताउनुभएको छ ।

“लुना–२६ र लुना–२७ मिसनलाई जतिसक्दो छिटो आवश्यक पर्ने परिणाम प्राप्त गर्नका लागि अगाडि बढ्ने सम्भावनाबारे पनि विचार गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

उहाँले चन्द्रमा अन्वेषण कार्यक्रमलाई अघि बढाउने दृढता व्यक्त गर्नुभयो । गत अगष्टमा रूसको लुना–२५ यान अनियोजित कक्षमा प्रवेश गरेपछि चन्द्रमामा खसेको थियो ।