९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो: सञ्चारमन्त्री शर्मा

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो: सञ्चारमन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताउनुभयो ।

“आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो”, उहाँले भन्नुभयो, “यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।” प्रवक्ता शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताउनुभयो ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको थियो । जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको प्रवक्ता शर्माको भनाइ छ ।

“जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषय मन्त्रिपरिषद्ले निर्णय गरिसकेको हुनाले यस सन्दर्भमा अनावश्यक द्वेष फैलाउने कार्य ‘खोला तर्ने, लौरो बिर्सने’ जस्तै हो”, उहाँले भन्नुभयो, “एमालेसमेतको सरकारले उक्त निर्णय गरेको हो, जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय रहेन ।”

सामाजिक सञ्जालमा हुने दुरुपयोगबाट पैदा भएको समस्याका सम्बन्धमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले सरकार सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । “सरकारले कानुनलाई टेकेर मात्रै काम गर्नुपर्ने हुन्छ, हामी तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा छौँ”, उहाँले भन्नुभयो, “यससम्बन्धी निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छ, आउने मन्त्रिपरिषद् बैठकबाट त्यो पारित हुन्छ ।” रासस