५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत उत्पादन थप्छौँ: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८१/८२ भित्रमा एक हजार मेघावाट विद्युत उत्पादन थप गर्ने बताउनुभएको हो ।

उहाँले मन्त्रालयसँग आगामी १२ वर्ष भित्रमा २८ हजार मेघावाटभन्दा बढी विद्युत उत्पादन गर्ने स्पष्ट मार्गचित्र भएको बताउनु भयो । आगामी १२ वर्ष भित्रमा कुन वर्षमा कति मेघावाट विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने तथ्य र तथ्यांकसहित मन्त्रालय अगाडी बढेको बताउनु भयो । त्यसको निम्ति लगानीको व्यवस्थापन गर्ने सम्बन्धमा पनि मन्त्रालय स्पष्ट रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विद्युतको उत्पादन र प्रशारणको कुरामा अर्को वर्षमा जाँदा हामी एक हजार मेघावाट थप्छौँ । अबको एक वर्षमा पुग्दाखेरी एक हजार मेघावाट उत्पादन थप गर्छौ । यो क्रम सँगसँगै हामीले १२ वर्षमा जाँदा २८ हजार भन्दा बढी मेघावाट विद्युत उत्पादन हुने मार्गचित्र तयार गरेका छौँ । त्यसलाई तथ्य, तथ्यांकले ब्याकअप गर्ने गरेर, स्रोत हामी कहाँबाट जुटाउँछौँ हामीले त्यो बोलेका छौँ । हामी कुन आयोजनाबाट २८ हजार मेघावाट उत्पादन गर्छौ त्यो कुरा बोलेका छौँ । लगानीको व्यवस्थापन कसरी गर्छौ त्यो कुरा हामीले बोलेका छौँ । २८ हजार त १२ वर्षमा एकै पटक आउने होइन नि कुन वर्षमा कति ल्याउँछौँ त्यो सबै कुराको तथ्य, तथ्यांकसहित नै हामीले गरिरहेका छौँ ।’

उहाँले आगामी दुई वर्ष भित्र सत्प्रतिशत विद्युतिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताउनु भयो ।