४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेम्स एन्डरसनको भविष्यवाणीः विश्वकपको फाइनलमा इंग्ल्याण्डले भारतलाई हराउनेछ



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप बिहीबारदेखि भारतमा सुरु हुँदैछ । यो वर्ष पूरै प्रतियोगिता भारतले आयोजना गर्नेछ । जसमा कुल १० टोलीको सहभागिता रहने छ भने १० स्थानमा ४८ खेल हुनेछन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । भारतीय टोलीले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध चेन्नईमा विश्वकपको यात्रा सुरु गर्नेछ । पछिल्ला तीन विश्वकप आयोजक राष्ट्रले जितेको छ र त्यसैले भारतलाई उपाधिको बलियो दावेदार मानिन्छ ।

यसैबीच, इंग्ल्याण्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले २०२३ को विश्वकप अघि नै भविष्यवाणी गरेर भारतीय क्रिकेट फ्यानहरुलाई चकित पारेका छन् । एन्डरसनले भने कि यस वर्षको विश्वकपको फाइनल खेल नोभेम्बर १९ मा भारत र इंग्ल्याण्डबीच हुनेछ । इंग्ल्याण्डको टोलीले फाइनलमा भारतलाई हराएर लगातार दोस्रो पटक उपाधि जित्ने उनको विश्वास छ ।

जेम्स एन्डरसनले बीबीसी टेस्ट म्याच स्पेशलसँग कुरा गर्दै आगामी विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको नाम पनि बताए । उनका अनुसार सेमिफाइनलमा इंग्ल्याण्ड, भारत, अष्ट्रेलिया र दक्षिण अफ्रिका पुग्नेछन् । पाकिस्तान र न्युजिल्याण्डले राम्रो प्रदर्शन गर्ने भएपनि सेमिफाइनलमा पुग्न नसक्ने उनको भविष्यवाणी छ ।