३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पितृ पक्षमा प्रदोष व्रत कहिले छ र कसरी पूजा गर्ने ?



अ+ अ-

एजेन्सी । सनातन धर्ममा प्रदोष व्रतको विशेष महत्व छ । पञ्चांगका अनुसार प्रदोष अवधिमा त्रयोदशी तिथि परेको दिन प्रदोष व्रत गरिन्छ ।

प्रत्येक महिना दुई प्रदोष व्रत गरिन्छ, एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा । आश्विन महिना सुरु भएको छ । पितृ पक्षमा प्रदोष व्रत कहिले मनाइन्छ यसबारे जानकारी लिऔं ।

आश्विन महिनाको शुक्ल त्रयोदशी तिथि अक्टोबर ११ (असोज २४) दिउँसो ३ः२२ बजे सुरु भई अक्टोबर १२ बेलुकी ५ः३८ बजे समापन हुनेछ । यस्तो अवस्थामा अक्टोबर ११ मा प्रदोष व्रत मनाइनेछ । यस अवधिमा पूजाको शुभ समय साँझ ६ः१३ देखि राति ८ः३४ बजेसम्म रहनेछ । यो व्रत बुधबार हुने भएकाले यसलाई बुद्ध प्रदोष व्रत पनि भनिन्छ ।

प्रदोष व्रत पूजा विधि
प्रदोष व्रतको दिन बिहान सबेरै उठेर नुहाउने आदि गरिन्छ । यसपछि भगवान शिव र माता पार्वतीको स्मरण गर्दै व्रत बस्ने प्रतिज्ञा लिनुहोस् । यस दिन पूजा कोठालाई राम्ररी सफा गरी भगवान शिव र माता पार्वतीको मुर्ति वा तस्बिर स्थापना गर्नुहोस् ।

उचित विधिपूर्वक शिव–शक्तिको पूजा गर्नुहोस् । अब भगवान शिवलाई बेलपत्र, चन्दनको पात आदि चढाउनुहोस् । देवी पार्वतीलाई १६ वटा श्रृंगार वस्तुहरू पनि चढाउनुहोस् । साँझ फेरि स्नान गरेपछि भगवान शिव र माता पार्वतीको सोही तरिकाले पूजा गर्नुहोस् । यसपछि फलफूलले व्रत तोड्नुहोस् ।

यो मन्त्रको जप गर्नुहोस् –ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि
यो शिव गायत्री मन्त्र हो । यो मन्त्रलाई शास्त्रमा निकै प्रभावकारी मानिएको छ । यस्तो अवस्थामा बुद्ध प्रदोष व्रतको दिन यो मन्त्रको जप गर्नाले व्यक्तिको जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ ।