२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप ट्रफीसँगै नयाँ भूमिकामा देखिनेछन् सचिन तेन्दुलकर



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२३ को विश्वकपका लागि सचिन तेन्दुलकरलाई ठूलो जिम्मेवारी दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ‘क्रिकेटका भगवान’लाई विश्वकप २०२३ को ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अर्थात् सचिन एकपटक फेरि विश्वकप ट्रफीसँगै नयाँ भूमिकामा देखिनेछन् । भारतको भूमिमा अक्टोबर ५ (भोलि) बाट विश्वकप सुरु हुँदैछ ।

आईसीसीले सचिन तेन्दुलकरलाई विश्वकप २०२३ को ब्रान्ड एम्बेसडर बनाएको छ । इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हुने प्रतियोगिताको उद्घाटन खेलअघि सचिन विश्वकप ट्रफीसहित मैदानमा आउनेछन् ।

१२ वर्षपछि भारतीय भूमिमा हुन लागेको यो मेगा इभेन्टको उद्घाटन मास्टर ब्लास्टरले गर्नेछन् । सचिनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ६ पटक विश्वकपमा भाग लिएका थिए । सन् २०११ मा सचिन भारतको विश्व च्याम्पियन टिममा पनि थिए ।

विश्वकपको पहिलो खेलमा साविक विजेता इंग्ल्याण्डले साविक उपविजेता न्युजिल्यान्डको सामना गर्नेछ । सन् २०१९ मा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको थियो । भारतीय टोलीले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध खेल्दै यस विश्वकको सुरुवात गर्नेछ ।