११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भेप’मा सुन तस्करी: चिनियाँ तस्कर वाङका चालक पक्राउ



अ+ अ-

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

सिआईबीले चिनियाँ तस्कर दाओजिन वाङका चालक लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको हो । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर भेपमा सुन लुकाएर काठमाडौँ ल्याएका थिए ।

यसै प्रकरणमा सङ्लग्न रहेको आरोपमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि पक्राउ गरेको थियो । सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको थियो ।