६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भेप’मा सुन तस्करी: चिनियाँ तस्कर वाङका चालक पक्राउ



अ+ अ-

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

सिआईबीले चिनियाँ तस्कर दाओजिन वाङका चालक लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको हो । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर भेपमा सुन लुकाएर काठमाडौँ ल्याएका थिए ।

यसै प्रकरणमा सङ्लग्न रहेको आरोपमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि पक्राउ गरेको थियो । सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको थियो ।