९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च परिसरमै ढलेकी भारतीलाई उपचारका लागि वीर अस्पताल लगियो



अ+ अ-

काठमाडौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

आजबाट आमरण अनशन थालेकी उनी सर्वोच्च परिसरमा न्याय माग्न पुगेकी थिईन् । सर्वोच्च परिसरमा पुग्नासाथ उनी बेहोस भएर ढलेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा लगिएको छ ।

आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन् ।

२०७२ साल असार २९ गते दुई समूहबीच झडप हुँदा नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या योगराजले गरेका थिए । उक्त घटनापछि फरार रहेका ढकाल २०७३ सालमा अदालतमा आत्मसमर्पण गर्न उपस्थित भएका थिए । त्यसपछि २०७५ बैशाखमा बाँके जिल्ला अदालतले सर्वस्वसहित उनलाई जन्म कैदको सजाय तोकेपछि कारागार चलान भएका थिए ।

नेपाली कांग्रेस निकट तरुण दलका नेतासमेत रहेका ढकाललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो ।

उनी कैद सजाय पूरा नहुँदै जेलबाट रिहा भएपछि मानन्धरकी श्रीमती भारतीले मंगलबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकाललाई तत्काल कारबाही गर्न माग गरेकी थिईन् ।