९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ सय किलोमिटरको यात्रा गरेको भारतीय क्रिकेट टोलीः हात लाग्यो शून्य



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुने खेलबाट एकदिवसीय विश्वकप २०२३ को आफ्नो यात्रा सुरु गर्दैछ । यसअघि रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले दुई अभ्यास खेलमा भाग लिनु परेको थियो ।

भारतले गत साता गुवाहाटीमा इंग्ल्याण्डसँग आफ्नो पहिलो अभ्यास खेल खेल्ने थियो तर उक्त खेल वर्षाका कारण रद्द भयो । त्यसपछि मंगलबार भारतले नेदरल्यान्ड्ससँग तिरुवनन्तपुरममा दोस्रो अभ्यास खेल खेल्नुपर्ने थियो । यो खेल पनि वर्षाका कारण रद्द हुन पुग्यो ।

भारतीय टोली अब कुनै पनि अभ्यास खेल नगरी विश्वकपमा प्रवेश गर्नेछ । यी दुई अभ्यास खेलका लागि भारतीय टोलीले करिब ३४०० किलोमिटर यात्रा गर्यो तर खेल खेल्न सकेन । यो यात्रा भारतीय टोलीका लागि कुनै कामको भएन । त्यसबाट टोलीले केही फाइदा लिन सकेन ।

२०२३ को विश्वकपअघिको वार्मअप म्याच पनि वर्षाले प्रभावित भएको थियो । तीन खेल वर्षाका कारण रद्द भएका छन् भने तीनै खेल वर्षाले प्रभावित भए । यसबाट टोली र खेलाडीहरू निकै निराश छन् । नेदरल्याण्ड्सका दुवै खेल वर्षाका कारण हुन सकेन ।