२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
राखेपका चार सदस्यको पद यथावत कायम गर्न सर्वोच्चको आदेश साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने जोगियो डा. तोसिमा कार्कीको पद, उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप स्ववियु निर्वाचनः यी हुन् हालसम्म सर्वसम्मत भएका सभापति (सूचिसहित) लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री प्रचण्डलाई राप्रपाको चेतावनीः भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिनुभयो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।

यसैगरी गयराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउनुहुन्छ । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उहाँले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताउनुभयो । रासस