३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको तयारी



अ+ अ-

काठमाडौँ । सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आइतबार तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अबको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएको समाचार छ ।

यसअघि बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेको थियो । एमसीसी सम्झौता र स्थानीय तहको निर्वाचनका सम्बन्धमा आइतबार प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ । आज सोमबार मन्त्रिपरिषद्को नियमति बैठक बस्ने दिन पनि हो । पाँच दलीय सत्तारुढ गठबन्धनभित्र आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेसम्बन्धमा सहमति भइसकेको बताइएको छ । निर्वाचन आयोगले पनि सरकारलाई जेठ ४ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ ।