१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी



अ+ अ-

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका छात्राहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका साथै दुर्गा भगवतीले महिषासुर राक्षसको वध गरेको प्रतिकात्मक नाटक समेत देखाएका छन् ।

छात्राहरुले वडादशैंको विजया दशमीभन्दा अगाडिका नौ रात्री अर्थात नवरात्रीमा पुजा गरिने ९ जना देवीहरुको प्रतीकस्वरुप नौ जना छात्रालाई ‘भगवतीको प्रतीक’ बनाई उनीहरुबाट नृत्य गराइएको थियो ।

नवरात्रीको नौ दिनमा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पुजा आराधना गरि दशौं दिनमा दुर्गा भगवतीले महिषासुर राक्षसलाई वध गरेको खुसीयालीमा टिका र जमरा लगाई विजया दशमी मनाउने चलन छ ।

त्यसैगरि अरु छात्राहरुले विभिन्न देवीहरुको रुपमा आफुलाई प्रस्तुत गरेका थिए भने आमा, शिक्षिका, गृहिणी, डाक्टरलगायत विभिन्न भूमिकामा महिलाहरुको योगदानबारे प्रतिकारत्मक रुपमा आफुरुलाई चित्रण गरेका थिए ।

वालिका, किशोरी, युवती या महिला जे भनेपनि उनीहरु भगवती देवीको रुप भएको उल्लेख गर्दै विद्यालयकी निर्देशक ममता शाहले ‘जहाँ नारीको पुजा हुन्छ, त्यहाँ भगवान खुसी हुन्छन’ भन्ने कथनमा शतप्रतिशत सत्यता रहेको बताइँन् ।

डिभि ग्रुपकी अध्यक्ष विश्वनाथ शाहकी धर्मपत्नि देवकी शाहको प्रमुख आतिथ्यतामा पहिलोपल्ट आयोजित दुर्गा नृत्य र दशैं झाँकी प्रदर्शनीमा वरिष्ठ पत्रकार बलराम प्यासी, न्यू भिजन एकेडेमीका निर्देशक टंक थापा, समाजसेवी शशि विक्रम राणालगायत विभिन्न विद्यालयका संस्थापक, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरुले अवलोकन गरेका थिए ।