१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी



अ+ अ-

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका छात्राहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका साथै दुर्गा भगवतीले महिषासुर राक्षसको वध गरेको प्रतिकात्मक नाटक समेत देखाएका छन् ।

छात्राहरुले वडादशैंको विजया दशमीभन्दा अगाडिका नौ रात्री अर्थात नवरात्रीमा पुजा गरिने ९ जना देवीहरुको प्रतीकस्वरुप नौ जना छात्रालाई ‘भगवतीको प्रतीक’ बनाई उनीहरुबाट नृत्य गराइएको थियो ।

नवरात्रीको नौ दिनमा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पुजा आराधना गरि दशौं दिनमा दुर्गा भगवतीले महिषासुर राक्षसलाई वध गरेको खुसीयालीमा टिका र जमरा लगाई विजया दशमी मनाउने चलन छ ।

त्यसैगरि अरु छात्राहरुले विभिन्न देवीहरुको रुपमा आफुलाई प्रस्तुत गरेका थिए भने आमा, शिक्षिका, गृहिणी, डाक्टरलगायत विभिन्न भूमिकामा महिलाहरुको योगदानबारे प्रतिकारत्मक रुपमा आफुरुलाई चित्रण गरेका थिए ।

वालिका, किशोरी, युवती या महिला जे भनेपनि उनीहरु भगवती देवीको रुप भएको उल्लेख गर्दै विद्यालयकी निर्देशक ममता शाहले ‘जहाँ नारीको पुजा हुन्छ, त्यहाँ भगवान खुसी हुन्छन’ भन्ने कथनमा शतप्रतिशत सत्यता रहेको बताइँन् ।

डिभि ग्रुपकी अध्यक्ष विश्वनाथ शाहकी धर्मपत्नि देवकी शाहको प्रमुख आतिथ्यतामा पहिलोपल्ट आयोजित दुर्गा नृत्य र दशैं झाँकी प्रदर्शनीमा वरिष्ठ पत्रकार बलराम प्यासी, न्यू भिजन एकेडेमीका निर्देशक टंक थापा, समाजसेवी शशि विक्रम राणालगायत विभिन्न विद्यालयका संस्थापक, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरुले अवलोकन गरेका थिए ।