५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा नखानुस् यस्ता खानेकुरा, स्वास्थ्यका लागि हानिकारक !



अ+ अ-

काठमाडौं । गर्मी लागेको छ र अब खानपिनमा निकै ध्यान पुर्‍याउनुपर्ने भएको छ । यहाँ हामी नौ यस्ता खानेकुराको बारेमा चर्चा गर्नेछौं जसलाई गर्मीमा खाँदा स्वास्थ्यमा हानि पुग्छ ।

बार्बेक्यु मासु: गर्मीमा छतमा गएर बार्बेक्यु गर्ने रुचि मानिसहरूले देखाउँछन् । यसले स्वास्थ्यलाई हानि गर्छ । ग्रिल्ड मीट बढी तापक्रममा पकाइने हुँदा गर्मीको बेलामा यस्तो खानेकुरा खानु ठीक हुन्न ।

आइसक्रीम: गर्मीमा सबै उमेरका मानिस मीठो मानीमानी आइसक्रीम खान्छन् । तर आइसक्रीममा चिनी अत्यधिक हुन्छ र यसले मोटोपन तथा मधुमेह बढाउँछ । खाए पनि निकै कम आइसक्रीम खानुस् ।

ड्राई फ्रुट्स: बदाम, अँजीर, किसमिस, काजु जस्ता ड्राई फ्रुट पोषक तत्त्वले भरपूर हुन्छन् तर गर्मीमा थोरै मात्र खानुपर्छ । यस्ता मसलाले शरीरमा गर्मी उत्पन्न गराउँछन् ।

आँप: आँप खाने नै गर्मीमा हो तर धेर आँप खाँदा स्वास्थ्यमा हानि पुग्छ । बढी आँप खाँदा पेट बिग्रन्छ, डायरिया र टाउको दुख्ने समस्या हुन्छ । सीमित मात्रामा मात्र आँप खानुस् ।

मसला: अलैंची, दालचिनी, ल्वाङ, मरिच जस्ता मसलाले खानाको स्वाद बढाउँछन् । तर यिनले गर्मी गराउने हुँदा डिहाइड्रेसन हुन सक्छ र रोग लाग्न सक्छ । गर्मीमा सादा खानपान ठीक हुन्छ ।

चियाकफी: गर्मीमा दूध वा कालो चिया पिउने बानी त्यागेको राम्रो हुन्छ । तातो चियाकफीले गर्मीमा डिहाइड्रेसन गराउँछ । बरू ग्रीन टी पिउनुभए हुन्छ ।

दुग्ध पदार्थ: दुग्ध पदार्थ पनि गर्मीमा बडी हीटका कारण नपच्ने भएकाले धेरै नखाएको राम्रो हुन्छ । दूध, मक्खन वा चीज कमै मात्र सेवन गर्नुपर्छ ।

अल्कोहल: गर्मीमा धेरै मानिस चिसो वाइन वा बरफ हालेको ककटेल पिउन मन पराउँछन् । तर यिनले शरीरको तापक्रम बढाउँछन् र डिहाइड्रेसन गराउँछन् । डिहाइड्रेसनका कारण इम्युन सिस्टम कमजोर हुन्छ र रोग लाग्ने जोखिम बढ्छ ।

डीप फ्राई: तेल वा घ्यूमा बेस्सरी तारेको खानेकुरा गर्मीमा खानु सही हुन्न । यसले शरीरमा गर्मी उत्पन्न गरेर इम्युनिटी कमजोर बनाउँछ ।