५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजे: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको बताउनुभएको हो । उहाँले भेपमा तस्करी भएको ९ किलो सुन र अर्को १०० किलो सुन तस्करी प्रकरणलाई गृहमन्त्रीले ढाकछोप गर्न लागेको बताउनुभएको हो ।

उहाँले गृहमन्त्रीले छानबिन आयोग समेत बनाउन नचाहेर स्वतन्त्र र निष्पक्ष छानविन सँग डराएको आरोप लगाउनुभयो । सरकारले सुशासनको अभियान सुरु गरेको बताउने गरेको भन्दै सुशासन कायम गर्नु सरकारको नियमित कर्तव्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गृहमन्त्रीजीले हेटौँडामा गएर उधुम नै खोक्नुभयो । सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् । कुन विरोधी लागे तपाईको सुशासन रोक्न ? साडे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाई ढाकछोप गर्न लाग्नुुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानविन गर्न आयोग बनाउ न भन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ । छानविन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईको ? किन आत्तिनुभएको स्वतन्त्र, निष्पक्ष छानविनसँग ? गफ दिनुहुन्छ हेटौँडा गएर ? सुशासनको अभियान ।’

‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो सुशासन ? सुशासन अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो । नियमित काम हो । सरकारले शान्ति, सुरक्षा दिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । कमिशनतन्त्र रोक्नुपर्छ । घुस रोक्नुपर्छ । प्रतिपक्षले सुशासनको अभियान चलाउन दिएन संगठित रुपले विरोध गर्‍यो भनेर । म प्रश्न गर्न चाहान्छु, एयरपोर्टमा किन पक्राउ परेन सुन ? सुन आएको आएकै छ तर आवश्यक परेका बेला हाजिर हुनेछ भन्ने कागज गराएर मान्छे भगाउ, सामान लुकाउ, छिटो गर, जाउ भनेर पठाइयो । सुनिल शर्मा निर्वाचित जनप्रतिनिधिको सर्टिफिकेटमा शंका लाग्यो भनेर थुनामा राखियो । एक क्विन्टल सुन तस्करी गरेको मान्छेलाई पुर्‍याउने बित्तिकै थपक्कै छोडियो किन ? म गृहमन्त्री ज्यूलाई सोध्न चाहान्छु के यही हो अभियान ? सुशासनको अभियान भनेको यही हो ? राजनीतिको अपराधीकरणतर्फ मोडिएको छ ।’

उहाँले सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भएको बताउनु भयो । सरकारले संविधान दिवसको अवसर पारेर मुस्कान खातुनलाई एसिड हान्ने व्यक्तिको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाउनु भयो । त्यस्तै नेपालगञ्जमा हत्या अभियोगमा कारागारमा परेका रिगल डन भनिने योगराज ढकाललाई पनि उन्मुक्ति दिएको प्रति ओलीले आपत्ति जनाउनु भयो । सरकारले सांसदहरुलाई विभिन्न बहानामा तर्साउन खोजिरहेको उहाँको भनाई छ । अध्यक्ष ओलीले सरकारले राष्ट्रिय स्वाभिमान र गौरव बिरोधी, संविधान बिरोधी, राष्ट्रहीत र जनबिरोधी काम गरिरहेको पनि बताउनु भयो ।