२२ असार २०८३, सोमबार
,
Latest
पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप लगाएपछि ठमेलको व्यवसायमा उर्जा



अ+ अ-

काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरुले खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायी खुशि भएका हुन् ।

चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् । परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु मध्ये ९५ प्रतिशतले खोप लगाईसकेको बताउनुभयो । खोप लगाएपछि व्यवसाय गर्न सहज हुने शर्माले बताउनुभयो ।

काठमाडौंको पर्यटनको केन्द्र मानिने ठमेल क्षेत्रका सबैले खोप लगाएको हुँदा ठमेल कोरोना संक्रमणको जोखिम रहित क्षेत्र भएको सन्देश दिन खोजेको परिषद्ले बताएको छ ।