४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्

प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति त्यागेर मुलुक सञ्चालनमा गम्भीर बन्न सुझाव दिनुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भमा धारणा राख्दै उहाँले प्रधानमन्त्री साह संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्वबाट विमुख भएको आरोप लगाउनुभयो।

नेता आङदेम्बेले लोकप्रियता र उत्तरदायित्व फरक विषय भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत चर्चित बन्ने प्रयासले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन नसक्ने बताउनुभयो। उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिलाई जवाफदेही हुनुपर्नेमा सामाजिक सञ्जाललाई बढी प्राथमिकता दिएको टिप्पणी गर्नुभयो।

उहाँले ‘धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन’ भन्ने उखान स्मरण गराउँदै प्रधानमन्त्रीलाई सत्तामा पुग्न आधार बनेको संसदको गरिमा नबिर्सन आग्रह गर्नुभयो। संसद सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था भएकाले प्रधानमन्त्री त्यसप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उहाँको भनाइ थियो।

आङदेम्बेले लोकतन्त्रमा प्रश्न उठाउनु विरोध नभई सरकारलाई जिम्मेवार बनाउने प्रक्रिया भएको उल्लेख गर्दै प्रधानमन्त्री संसदलाई प्राथमिकतामा नराखे संसदीय लोकतन्त्र कमजोर हुने चेतावनी दिनुभयो।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन। प्रख्यात हुनु र लोकप्रिय हुनु पनि फरक विषय हो। सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गम्भीर भएर मुलुक चलाउन निकै गाह्रो हुन्छ। त्यसैले प्रधानमन्त्रीज्यू, भाइरल हुने बाटो त्याग्नुस्। अब तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ, मुलुकलाई सही ढंगले नेतृत्व गर्नुस्।”

आङदेम्बेले प्रधानमन्त्रीले संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमार्फत सन्देश दिनुलाई बढी प्रभावकारी ठान्नु उचित नभएको बताउँदै यस्तो प्रवृत्तिले संसदको गरिमा कमजोर हुने जिकिर गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी रहँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आग्रह गर्नुभयो।