२ श्रावण २०८३, शनिबार
,
Latest
‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेक ओबेरोयसँगको ठगी मुद्दामा निर्माता सञ्जय शाह पक्राउ



file photo
अ+ अ-

एजेन्सी । नवाजुद्दीन सिद्दीकी स्टारर फिल्म ‘हड्डी’का निर्माता सञ्जय शाह पक्राउ परेका छन् ।

सञ्जयमाथि बलिउड अभिनेता विवेक ओबेरोयसँग फिल्म निर्माणका लागि १.५ करोड रुपैयाँ ठगी गरेको आरोप छ । मुम्बई प्रहरीको सर्कल–१० का डीसीपी दत्ता नलावडेले सञ्जयको गिरफ्तारीको पुष्टि गरेका छन् ।

बान्द्रा हलिडे कोर्टले सञ्जयलाई एक दिनको हिरासतमा पठाएको छ । विवेक ओबेरोय विरुद्धको ठगी मुद्दामा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेको छ । मुद्दाको अर्को सुनुवाई अक्टोबर १६ मा हुनेछ ।

हाल यस मुद्दामा सञ्जयलाई मात्रै पक्राउ गरिएको छ तर आगामी दिनमा थप तीन जनालाई पनि पक्राउ पर्न सक्छन् ।

सन् २०१७ मा विवेक ओबेरोयले आफ्नो कम्पनी आनन्दिता इन्टरटेनमेन्ट एलएलपीका साझेदार संजय शाह, नन्दिता शाह र राधिका नन्दसँग फिल्म निर्माण गर्न लागेका थिए । यो फिल्मको नाम ‘गुन्से’ थियो । यसका लागि ३१ जनवरी २०१७ मा सम्झौता पनि भएको थियो । कम्पनीले अभिनेता नवाजुद्दीन सिद्दिकीलाई पनि ५१ लाख रुपैयाँ साइन इनामस्वरुप दिएको थियो ।

त्यसपछि नोभेम्बर २०२१ देखि मार्च २०२२ सम्म तीन साझेदार सञ्जय शाह, नन्दिता शाह र राधिका नन्दको ओबेरोयसँग कम्पनीको पैसा व्यक्तिगत प्रयोगलाई लिएर विवाद भएको थियो । ओबेरोयलाई जानकारी नगरी, तीनै जनाले जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडसँग साझेदारीमा फिल्मको छायांकन सुरु गरे र यसलाई ‘हड्डी’ नाम दिए । यसअघि फिल्म ‘गुंसे’ मा नवाजुद्दीनको भूमिकाको नाम ‘हड्डी’ थियो ।