२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारका बारेमा राप्रपाले परिस्थिती अनुसार निर्णय गर्ने



अ+ अ-

काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकारको सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

अध्यक्ष लिङ्देनको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसंग परामर्श गरी पार्टी अध्यक्षले टुंगो लगाउने निर्णय गरेका् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय गरेको छ । यसैगरी बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । बैठकले मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका बिरुद्ध राप्रपाले प्रदेश स्तरिय बिरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पुर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको छ ।

यसैगरी बैकठले महामन्त्री डा। धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धि कार्ययोजनालाई अन्तिम रुप दिन बरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्दिमान तामाङ्ग, बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग र महामन्त्रीद्वय डा। धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरेको छ ।