२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित
अ अ+ अ-

सिमकोट । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ । त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरु गरिने भएको छ । त्यसैगरी जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्यरूपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने भएको प्रजिअ आर्चायले बताउनुभयो ।

जिल्लास्तरका र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन स्थापना तत्काल गरिने भएको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन शय्याको आइसोलेसन रहेको र अन्य उपचारका सामग्री अभाव भएको डा टसी आङ्जुले जानकारी दिनुभयो । नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हुम्लाका नागरिकलाई थप समस्या बनाएको छ । एकमात्र हवाई यातायातामार्फत निर्वाधरूपमा नेपालगञ्ज–सुर्खेतबाट यात्रु ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेपछि स्थानीयवासी त्रसित भएका छन् ।

नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको अवस्था हेरेर एक हप्तासम्म कडाइका साथ स्वास्थ्य सुरक्षा सावधानी अपनाएर उडान गर्न आवश्यक रहेको स्थानीयवासी हेमन्त बोहराको भनाइ छ । सिमकोट विमानस्थलमा सुरक्षा तथा स्वास्थ्य जाँच फितलो छ । सिमकोट गाउँपालिका तथा जिल्ला कोभिड व्यवस्थापन समितिले खासै चासो नदिँदा जिल्ला बाहिरबाट आउने यात्रुहरुलाई विमानस्थलमा ज्वारो जाँच गरेको आधारमा छाडिने गरेको छ । जिल्ला बाहिरबाट आउने यात्रुलाई कम्तीमा एक हप्तासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि त्यसो नभएको पाइएको छ । गत वर्ष पनि यस्तै लापरवाही तथा हेलचेक्र्याइँ गरेका कारण बाहिरबाट आउने यात्रुबाट कोरोना सङ्क्रमण हुँदा जिल्लामा भयावह स्थिति सिर्जना भएको थियो ।

कुनै दिन कोरोना सङ्क्रमित देखिएको समयमा उनीहरुलाई राख्ने क्वारेन्टिन तथा आइसोलेसनसमेत छैन । जिल्ला अस्पतालमा जम्मा तीनवटा आइसोलेसन छ भने जिल्ला बाहिरबाट आउने यात्रुलाई राख्नका लागि क्वारेन्टिन नभएर यसको पूर्वतयारीमा सम्बन्धित निकाय मौन छ ।