९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेजनमा एकै हप्तामा १०० डल्फिन मरे



अ+ अ-

एजेन्सी । ब्राजिलको अमेजन क्षेत्रमा ऐतिहासिक खडेरी परेको छ । यहाँका पोखरी र तालहरूमा पानीको तापक्रम रेकर्ड स्तरमा पुगेको छ ।

कतिपय ठाउँमा पानीको तापक्रम १०२ डिग्री फरेनहाइट अर्थात ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यसैबीच, पछिल्लो सात दिनमा यहाँको टेफे तालमा सयभन्दा बढी डल्फिन मृत अवस्थामा फेला परेका छन् ।

वैज्ञानिकहरूले यसलाई असामान्य भनेका छन् । उनीहरुका अनुसार तालको तापक्रम र अमेजनमा भएको ऐतिहासिक खडेरी यसको कारण हुनसक्छ । विश्वको सबैभन्दा ठूलो जलमार्ग अमेजन नदी अहिले सुख्खा मौसमबाट गुज्रिरहेको छ, जसले नदीमा बस्ने जीवजन्तुलाई पनि असर गरिरहेको छ ।

सीएनएन रिपोर्टका अनुसार डल्फिनलाई बचाउन अन्य ताल र पोखरीमा सारिएको छ । जहाँ पानी कम तातो हुन्छ । यस काममा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यो सजिलो छैन । तिनीहरूलाई सार्नुअघि, अन्य नदीमा खतरनाक भाइरस वा विषाक्त पदार्थ छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन्छ ।

डल्फिन पनि ह्वेल जस्तै स्तनधारी जलचर प्राणी हो । यो पानीमा ९९० फिट गहिराइमा जान सक्छ र पानीबाट २० फिटसम्म उफ्रन सक्छ । दुर्लभ जलचरको श्रेणीमा परेपछि यसको संरक्षणको काम सुरु भएको छ ।

तर, नदी किनारमा बस्ने माछा मार्नेलाई डल्फिनको डर बढी छ । जसको जालमा डल्फिन झर्छन् । उनीहरुलाई जोगाउन जनतामा चेतना फैलाउनु पनि जरुरी छ ।