• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

अमेजनमा एकै हप्तामा १०० डल्फिन मरे



एजेन्सी । ब्राजिलको अमेजन क्षेत्रमा ऐतिहासिक खडेरी परेको छ । यहाँका पोखरी र तालहरूमा पानीको तापक्रम रेकर्ड स्तरमा पुगेको छ ।

कतिपय ठाउँमा पानीको तापक्रम १०२ डिग्री फरेनहाइट अर्थात ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यसैबीच, पछिल्लो सात दिनमा यहाँको टेफे तालमा सयभन्दा बढी डल्फिन मृत अवस्थामा फेला परेका छन् ।

वैज्ञानिकहरूले यसलाई असामान्य भनेका छन् । उनीहरुका अनुसार तालको तापक्रम र अमेजनमा भएको ऐतिहासिक खडेरी यसको कारण हुनसक्छ । विश्वको सबैभन्दा ठूलो जलमार्ग अमेजन नदी अहिले सुख्खा मौसमबाट गुज्रिरहेको छ, जसले नदीमा बस्ने जीवजन्तुलाई पनि असर गरिरहेको छ ।

सीएनएन रिपोर्टका अनुसार डल्फिनलाई बचाउन अन्य ताल र पोखरीमा सारिएको छ । जहाँ पानी कम तातो हुन्छ । यस काममा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यो सजिलो छैन । तिनीहरूलाई सार्नुअघि, अन्य नदीमा खतरनाक भाइरस वा विषाक्त पदार्थ छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन्छ ।

डल्फिन पनि ह्वेल जस्तै स्तनधारी जलचर प्राणी हो । यो पानीमा ९९० फिट गहिराइमा जान सक्छ र पानीबाट २० फिटसम्म उफ्रन सक्छ । दुर्लभ जलचरको श्रेणीमा परेपछि यसको संरक्षणको काम सुरु भएको छ ।

तर, नदी किनारमा बस्ने माछा मार्नेलाई डल्फिनको डर बढी छ । जसको जालमा डल्फिन झर्छन् । उनीहरुलाई जोगाउन जनतामा चेतना फैलाउनु पनि जरुरी छ ।