२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना



अ+ अ-

काठमाडौँ । १९औँ एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढेको छ । नेपालले आज बङ्लादेशलाई ३७–२४ ले हराएसँगै पदक जित्ने आशा जागेको हो ।

जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्लादेश एकै समूहमा छन् ।

नेपालले समूहको अर्को खेल भोलि इरानसँग खेल्नेछ । यस्तै, समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेइ र थाइल्यान्ड रहेका छन् । बङ्लादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना अधिक छ ।

कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । अन्तिम चारमा पराजित हुने दुवै टोलीले कास्य पाउने छन् । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएपनि हालसम्म पदकविहिन छ ।