२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं  २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । 

गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए तापनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने र प्रभावितको पुनःस्थापनालाई लगभग अन्तिम चरणमा पुर्‍याएको बताउनुभएको छ ।  

हालसम्म लाखौँ निजी आवास तथा हजारौँ विद्यालयको पुनर्निर्माण भइसकेको छ र  केही निर्माणाधीन रहेको जनाउँदै राष्ट्रपतिले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाइस्कूल, दशरथ रङ्गशाला, धरहरालगायत ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय भएको र धेरै सरकारी भवन, मठमन्दिर, गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको  बताउनुभएको छ । 
    
पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनाका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको जनाउँदै राष्ट्रपति भण्डारीले अब बन्ने संरचनामा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्नेमा सचेष्ट रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षणका साथ पुनर्निर्माणमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

“हाम्रो देशको भौगोलिक अवस्थिति र बनावटका कारण हामी भूकम्प, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छौंँ । यस संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गर्नुपर्दछ । भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।”, सन्देशमा भनिएको छ । 

सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले २०७२ सालको भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाइले भविष्यमा विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । रासस