१५ श्रावण २०८२, बिहीबार
July 31, 2025 Thursday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 23.16

Wind: 2.06

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे ब्रिफिङ हुने



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ ।

भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष दाहालले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको मुख्य सचिव श्रीराम ढकालले बताए। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने बताईएको छ ।

अमेरिका र चीन भ्रमणमा गए गरेको गतिविधिबारे समिक्षा हुने बताउदै ढकालले भने, ‘उहाँ अमेरिका र चीन भ्रमणबाट फर्किनुभएको छ। भ्रमणबारे ब्रिफिङ, पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा छलफल हुन्छ।’

यस्तै, बैठकमा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईसँगको पार्टी एकताको बिषयमा पनि छलफल हुने बताइएको छ।