४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णत तयार गर्नुपर्छ: निर्देशक थापा

मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णत तयार गर्नुपर्छ: निर्देशक थापा
अ+ अ-

काठमाडौँ । निर्माता/ निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’को लागि आफूले लामो समय खर्चेको र कलाकार तथा प्राविधिकको छनौटमा विशेष ध्यान दिएको बताएका छन् ।

चलचित्र खेल्नका लागि अनमोल केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भन्दै थापाले उनीविरु्द्ध जाहोरी दिएका थिए । पछि बयानमा अनमोलले आफूले रकम फिर्ता गरेको तर निर्देशक थापाले लिन नमानेको बताएका थिए । सोहि कुरालाई लिएर सामाजिक संजालमा आएका अभिव्यक्तिलाई लिएर थापाले स्पष्टिकरण दिएका हुन् ।

‘मेरो निर्देशनमा निर्माण हुन लागेको पछिल्लो चलचित्र ‘रावायण’मेरा लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा मैले लिएको छु । अन्य अर्थतन्त्रका क्षेत्र संगै चलचित्र क्षेत्र पनि धरासायी भएको समयमा एउटा ठुलो क्यानभासको चलचित्रको परिकल्पना गर्नु आफैंमा चुनौतीपूर्ण छ ।’, थापाले भनेका छन्, ‘यो विषम परिस्थितिमा एउटा सुन्दर चलचित्र निर्माण गर्ने सपना देख्नु एक मात्रै मेरो निजि स्वार्थ थियो । कुनै पनि स्कृप्टमा मेरो पुर्ण चित्त बुझाई र यसको भबिस्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती म बाट अहिलेसम्म भएको छैन र हुने पनि छैन ।’

उनले आफ्नो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्,,चलचित्रको मुख्य पात्रको विना कुनै सहमती पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन ब्यवहारिक र दरिलो मौखीक सहमति मै चलचित्र ‘रावायण’ को निर्माण कार्य अगाडी बढेको हो । बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु ।,

https://www.facebook.com/SdrshanThapa/posts/822702413198464?ref=embed_post