• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णत तयार गर्नुपर्छ: निर्देशक थापा



काठमाडौँ । निर्माता/ निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’को लागि आफूले लामो समय खर्चेको र कलाकार तथा प्राविधिकको छनौटमा विशेष ध्यान दिएको बताएका छन् ।

चलचित्र खेल्नका लागि अनमोल केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भन्दै थापाले उनीविरु्द्ध जाहोरी दिएका थिए । पछि बयानमा अनमोलले आफूले रकम फिर्ता गरेको तर निर्देशक थापाले लिन नमानेको बताएका थिए । सोहि कुरालाई लिएर सामाजिक संजालमा आएका अभिव्यक्तिलाई लिएर थापाले स्पष्टिकरण दिएका हुन् ।

‘मेरो निर्देशनमा निर्माण हुन लागेको पछिल्लो चलचित्र ‘रावायण’मेरा लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा मैले लिएको छु । अन्य अर्थतन्त्रका क्षेत्र संगै चलचित्र क्षेत्र पनि धरासायी भएको समयमा एउटा ठुलो क्यानभासको चलचित्रको परिकल्पना गर्नु आफैंमा चुनौतीपूर्ण छ ।’, थापाले भनेका छन्, ‘यो विषम परिस्थितिमा एउटा सुन्दर चलचित्र निर्माण गर्ने सपना देख्नु एक मात्रै मेरो निजि स्वार्थ थियो । कुनै पनि स्कृप्टमा मेरो पुर्ण चित्त बुझाई र यसको भबिस्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती म बाट अहिलेसम्म भएको छैन र हुने पनि छैन ।’

उनले आफ्नो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्,,चलचित्रको मुख्य पात्रको विना कुनै सहमती पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन ब्यवहारिक र दरिलो मौखीक सहमति मै चलचित्र ‘रावायण’ को निर्माण कार्य अगाडी बढेको हो । बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु ।,