१४ भाद्र २०८३, आईतवार
,
Latest
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोललाई लक्षित गर्दै प्रदीप खड्काले भने– बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न पाइँदैन



अ+ अ-

काठमाडौं । नायक प्रदीप खड्काले अनमोल केसीलाई लक्षित गर्दै बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न नमिल्ने टिप्पणी गरेका छन् ।

निर्माता/निर्देशक सुदर्शन थापाले पैसा लिगेर फिल्म खेल्न नमानेको भन्दै अनमोलविरुद्ध मुद्दा हालेपछि प्रदीपले विवाहको उदाहरण दिँदै उक्त टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, “विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।”

अनमोलले ‘रावायण’ फिल्मको लागि निर्माताबाट १० लाख रूपैयाँ अग्रीमरूपमा लिएका थिए । तर उनले पछि फिल्म खेल्न नचाहेपछि सो रकम फिर्ता गर्न खोजेका थिए । उनले एड्भान्स फिर्ता गर्न खोजेपनि निर्देशक थापाले लिन मानेका थिएनन् । सोहि कुरालाई ‘दाइजो’ सँग तुलना गर्दै प्रदीपले भनेका छन्, “वुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एक तिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ। खैर! चाहे १ दिन होस् वा १ दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो।”

यस्तै, सोहि कुरामा प्रदीपले विश्व चर्चित मेस्सी र कोहलीको समेत उदाहरण दिन भ्याएका छन् । “चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ”, उनले भनेका छन् ।

https://www.facebook.com/pradeepkhadkaofficial/posts/886078926216761?ref=embed_post