• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसियाली खेलकुद: नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने



काठमाडौं । १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । लक्की ड्र गर्दा नेपाल भारतसँग परेको हो । नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ ।

नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । भारतले एसियाली खेलकुदमा युवा खेलाडीलाई समेटेर पठाएको छ ।

यसअघि समुह चरणमा नेपालले माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।