२२ असार २०८३, सोमबार
,
Latest
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब फेरि गल्ती दोहोर्‍याउने छैनौं भनी बाचा गर्ने दिन



अ+ अ-

आज १२ वैशाख २०७८, ईश्वी संवत् अनुसार २०२१ अप्रिल  २५ तारीख – ६ वर्ष पहिले नेपाललाई आक्रान्त पारेको गोरखा भूकम्प सम्झाउने दिन ( १९९० सालको महाभूकम्पलाई फेरि पनि सम्झाउने दिन ) दिवंगत भएका ईष्टमित्र वन्धुवान्धवहरूलाई आफू मरेर  हामीलाई भूकम्पबाट  कसरि बाँच्ने भन्ने शिक्षा दिएको मा तिनको आत्मा समक्ष  अब फेरि गल्ती दोहोर्‍याउने छैनौं भनी बाँचा मार्ने दिन।

मुलुकले आज नै भूकम्पबाट भत्केका दशलाख भन्दा बढी नीजि घरको पुनर्निर्माण गरी स्वास फेर्न पाएको दिन, भूकम्पीय पुनर्निर्माणपछि हजारौं  विद्यालय भवनका कोठाहरूमा हाम्रा नानी(बाबुहरूलाई प्राकृतिक प्रकोपको शिक्षा दिन अठोट गर्ने दिन, हाम्रा ईञ्जिनियरहरूले पढने पाठ्यक्रममा भूकम्पीय-सुरक्षा लगायत बहू-प्रकोपबाट सुरक्षा)शिक्षा समावेस गरेको छ छैन भनी हेर्ने बुझ्ने अनि क्रमशःढुक्क हुँदै जाने दिन, हाम्रा विकाश संरचनाहरूको निर्माण(सुरक्षालाई प्रकोप)दिगोपनको कसिमा घोट्ने दिन, भूकम्प लगायत सबै प्राकृतिक प्रकोपलाई जलवायू अनुकूलन प्रयाशसंग साझागरी दिगो विकाशका लक्षसंग समाहित गर्नै पर्ने कुरो सम्झाउने दिन। एउटा धरहराको पुनर्निर्माणले त मुलुकलाई खुशी गराऊँछ भने हाम्रा सबै क्षतिग्रस्त सांस्कृतिक-धार्मिक धरोहराहरूको सम्पूर्ण पुनर्निर्माण सकेको भए तथा बाँकी रहेका  असंख्य धरोहराको संरचनागत तथा सामाजिक-आर्थिक दिगोपन समेत सुरक्षित गर्न सकेको भए मुलुक कत्ति रोमाञ्चित हुन्थ्यो होला भन्ने कल्पना गरी आकाँक्षा प्रदर्शन गर्ने दिन।

जापान जस्तो प्राकृतिक उत्पात् तथा हेटी जस्तो सामाजिक-आर्थिक – भौतिक गुण-लघुता भएको नेपालले शीर ठाडो राखी जस्तै पनि उत्पाद्हरूलाई ठेगान  लगाउन सक्छ भनी बिगुल फूक्ने दिन। 
मुलुकले सहीछाप गरेको विपद् जोखीम न्यूनीकरण सम्बन्धी सेन्दाई कार्य योजना,  जनताको जीवनस्तर उकास्ने प्रण गरेको दिगो विकाश लक्ष्य, जलवायू परिवर्तनका कारक को प्रभाव रोक्न र तिनको असरप्रति हाम्रो जीवनपद्धतिलाई अनुकुल बनाउने सम्बन्धि पेरिस समझदारी आदि जस्ता विश्वव्यापीरूपमा मान्य प्रगति र मानव विकाश(कार्य(संरचनाका सूचकहरू मा नेपालको प्रगति सार्वजनिकीकरण गर्ने दिन, बाचा पूरा गरेको हिसाब-किताब देखाउने र पुन:वाचा गर्ने दिन।

काठमाण्डौवासीले अ-आफ्नो घर-दैलोबाट टलक्क टल्केको भीमसेन स्तम्भ (धरहरा) लाई हेर्दै, मुसुक्क हाँस्दै, यस्को नियमित मर्मत संभारमा सबैले योगदान दिनै पर्छ भन्ने अठोट गर्ने दिन, धरहरा जस्तै हाम्रा सवै धरोहरहरू र हामी नेपाली सबैका घरहरू समेत बहू(प्रकोप बलियो, पुर्खाले समेत मन पराउने गरी टलक्क टल्कने बनाउन सामुहिक बाचा गर्ने दिन !




भर्खरै