२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

६२ वर्षीया महिलाले रेशमी कपडामा बुनिन् पूरै श्रीमद्भागवत गीता



अ+ अ-

एजेन्सी । शौख यस्तो चीज हो, जसले मानिसलाई ठूलो काम गर्न लगाउँछ । भारतको आसामस्थित जोरहाटमा बस्ने ६२ वर्षीया हेमप्रभाले बाल्यकालमा कपडा बुन्ने काम सिकेकी थिइन् तर समयसँगै त्यो उनको रुची बन्यो ।

उनले यस्तो बनाएकी छन् जसको आज सर्वत्र चर्चा भइरहेको छ । वास्तवमा उनले रेशमी कपडामा बुनेर भगवद् गीताका श्लोकहरू तयार गरेकी छन्, जसलाई देखेर तपाई पनि छक्क पर्नुहुनेछ ।

इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको यो भिडियोमा हेमप्रभा ह्यान्डलुममा कपडा बुनिरहेको देखिएकी छिन् । संस्कृत, अङ्ग्रेजी र असमिया भाषाहरूमा श्रीमद्भागवत गीताका श्लोकहरू कपडामा देखिन्छन् ।

उनले २ वर्षमा २५० फिट लामो कपडामा संस्कृतमा भगवद् गीता तयार गरेकी थिइन् । यसपछि उनले कपडामा भगवद् गीताका श्लोकहरू असमिया र अंग्रेजीमा बुनिन् । तर, उनी अंग्रेजी पढ्न जान्दिनन् ।

यस भिडियोलाई हालसम्म ७० हजार बढी मानिसले हेरिसकेका छन् । यस्तै, २५ हजार बढीले प्रतिक्रिया जनाएका छन् । उनीहरुले हेमप्रभाको तारिफ गरेका छन् । एक प्रयोगकर्ताले भने, ‘राष्ट्रिय अवार्डले सम्मान गर्नुपर्छ । अर्का प्रयोगकर्ताले उनको नाम विश्व कीर्तिमानमा समावेश गर्नुपर्ने बताएका छन् ।