२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ: माओवादी केन्द्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताउनुभएको हो ।

उहाँले सबै मिलेर मेहन गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउनु भयो । उहाँले अहिले चुनौति भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गर्नुभयो । उहाँले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गर्नुभयो । उहाँले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ । तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ । सम्भावना पनि छ यसमा । अहिले चुनौति भन्दा बढी सम्भावना छ । यस्तै बेलामा ढोकाहरु खुल्छन् । भारत भ्रमण होस् वा संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरु भन्नुस्, यसको एकमुष्ठ निस्कर्ष निकाल्दा अहिले राजनीतिक रुपमा पनि एउटा सन्देश त गएको छ, त्यो भन्दा कयौँ गुणा बढी, अहिले हामी राजनीतिक पार्टीप्रतिको अपेक्षा बढी छ, विशेष गरी माओवादीप्रति अपेक्षा बढी छ । हामीले एउटा आँधीबेहरी श्रृष्टि गरेका छौँ ।’

‘त्यसले राजतन्त्रको अन्त्य गरेको छ, जनताको जीवनमा परिवर्तन भएन । त्यसको लागि प्रधानमन्त्रीले पहल गर्नुभएको छ । युवाहरुलाई कसरी देशमै फैलाउने भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ । माओवादीको परीक्षामा हामी एक पछि अर्को पास हुँदै गएका छौँ । अहिलेसम्म आइपुग्दा यसको आकर्षण बढेको छ । यो जनस्तरसम्म पुग्दै छ । यसको आकर्षणको कुरामा धेरै अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिहेका छन्, यो आकर्षण हो ।’

पूर्वसभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताउनु भयो ।