• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार राति १२ बजेदेखि लागु हुने



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएसँगै निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि फिर्ता लिएको हो ।

निगमले आइतबार एक सुचना जारी गर्दै भनेको छ, ‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ’।

आयल निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।