२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु आन्दोलित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु आन्दोलित
अ अ+ अ-

काठमाडौं । अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाईदिने सरकारको आश्वसन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्राविधिकहरु आन्दोलित भएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्राविधिकहरुले सेवा प्रवेश गर्दा नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा उपलब्ध नगराइएको, प्रोत्साहनको लागि मापदण्ड नबनाइएको र यस अघि गरिएका सहमती कार्यान्वयन नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

यस अघि गत चैत्र ३० गते प्राधिकरणलाई दुई बुँदे माग राखि १२ दिने अल्टिमेटम दिएको भएपनि प्राधिकरणले मौनता साधेका कारण पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई। अविनाश अमरले बताउनुभयो । 

इन्जिनियरहरुले बैशाख १३ र १४ गते कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, वैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई पेन डाउन गर्ने र वैशाख १८ गते सम्पूर्ण प्राविधिकहरु औपचारिक कार्यक्रम मार्फत राजीनामा दिने कार्यक्रम घोषणा गरेका छन् । सम्बन्धित पक्षले वार्ताको आव्हान गरेमा अध्यक्ष अमरको संयोजकत्वमा ११ सदस्यीय वार्ता समिति गठन गरिएको पनि बताइएको छ ।