काठमाडौं । कोभिड १९ रोकथाम समन्वय केन्द्र, सीसीएमसीको बैठकले सबै विद्यालयका परीक्षालाई स्थगित गर्न निर्देशन गरेको छ । सीसीएमसीको आज अपरान्ह सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि सरकारले विद्यालय तथा कलेजहरु बन्द गरिसकेको थियो । पछिल्ला केही दिनमा कोरोना महामारी बृद्धि भइरहेकोले यस विषयमा छलफल गर्न बसेको बैठकले अति प्रभावित रहेका काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्न सिफारिस गर्न सक्ने अनुमान गरिएको थियो।












