लिड्सः लिड्स युनाइटेडले आइतबारको खेलमा आफ्नो घरेलु मैदानमा भ्रमणकारी म्यान्चेस्टर युनाइटेडलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
दुबै टिमबाट एकअर्का गोलपोष्टमा केही सुन्दर आक्रमण भए पनि गोल हुन सकेन । गोल रहित बराबरी भएका कारण दुबै टिमले १–१ अंक बाँडेका छन् ।
इङलिस प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको यो बराबरीसँगै ६७ अंक भएको छ । पहिलो स्थानमा रहेको म्यान्चेस्टर सिटीले ७७ अंक बनाएर लिगको ताजलाई अझ पक्का गरेको छ ।
अब सिटी र युनाइटेडका ५–५ खेल मात्र बाँकी छन् । लिड्स भने आर्सनललाई पछि पार्दै लिगको नवौं स्थानमा उक्लेको छ ।
लिगको अंक तालिका ( टप १० टिमहरू)
१. म्यान्चेस्टर सिटी – ७७ अंक
२. म्यान्चेस्टर युनाइटेड – ६७ अंक
३. लेस्टर सिटी – ५९ अंक
४. चेल्सी – ५८ अंक
५. वेस्ट ह्याम – ५५ अंक
६. लिभरपुल – ५४ अंक
७. स्पर्स – ५३ अंक
८. एभर्टन – ५२ अंक
९. लिड्स युनाइटेड – ४७ अंक
१०. आर्सनल – ४६ अंक











