४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔँ : उपराष्ट्रपति

स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔँ : उपराष्ट्रपति
अ+ अ-

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकसित मुलुकहरूमा जस्तै पछिल्लो समय नेपाललगायतका विकासोन्मुख देशमा पनि मुटु रोगको प्रकोप बढ्दै गएको बताउनुभएको छ ।

‘हर्ट टू हर्ट सेन्टर’ विश्व मुटु दिवस, २०८० को अवसरमा यहाँ आज आयोजित जनचेतना तथा सम्मान कार्यक्रममा उहाँले हामी सबैले स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाउँदै स्वास्थ्यप्रति सचेत र सावधान हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले ‘युज हर्ट फर एभ्री हर्ट’ (प्रत्येक मुटुका लागि मुटुको प्रयोग गरौँ) भन्ने मूल नाराका साथ यो वर्ष हामीले विश्व मुटु दिवस मनाइरहेको जनाउँदै भन्नुभयो, “यो नाराको मुख्य उद्देश्य मानिसलाई आफ्नो सोच र कार्यलाई मानवता, प्रकृति र स्वयंको प्रगतिमा उपयोग गर्ने अवसर प्रदान गर्नु रहेको छ । यसको माध्यमबाट मुटुजन्य रोग (हृदयाघात) का कारण हुने ठूलो मृत्युदर रोक्न सकिन्छ ।”

उपराष्ट्रपति यादवले विभिन्न मुलुकमा मुटु रोगको व्यवस्थापनका लागि जनचेतना, सहयोग, हेरचार सेवा र समर्थन फरक–फरक रहेका बताउँदै नेपालसहित गरीब र विकासशील देशहरूमा मुटुको हेरचारका लागि आवश्यक पर्ने जागरुकता र जनचेतना कार्यक्रम तथा सेवा–सुविधाहरूमा जनसाधारणको अझै पनि पर्याप्त पहुँच नभएको उल्लेख गर्नुभयो । “यी देशमा ७५ प्रतिशत मृत्यु मुटु रोगकै कारण हुने गर्दछ, जसलाई जनचेतना कार्यक्रमको आयोजना र यसमा धेरैभन्दा धेरैलाई सहभागी गराएर सुधार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हृदयाघातको प्रमुख कारणमध्ये वायु प्रदुषण पनि एक हो ।

हरेक वर्ष २५ प्रतिशत मानिस यसका कारण हृदयाघात भई मृत्युवरण गर्ने गरेका छन् । त्यसैले, वायु प्रदुषणसँग लड्न हामी सबैले स्वस्थ प्रकृति र स्वच्छ वातावरणका लागि आ–आफ्नोतर्फ र स्तरबाट योगदान गर्न सक्नु पर्दछ ।” उपराष्ट्रपति यादवले तनाव र खराब जीवनशैली हृदयाघातको जोखिमपूर्ण कारक हुन् भन्दै यसलाई नियमित व्यायाम, व्यवस्थित दिनचर्या, राम्रो निद्रा र असल बानी तथा जीवनशैलीबाट न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।

“हामीले आफ्नो मुटु स्वस्थ राख्न अपनाइने रोकथामका उपायहरू ‘बडी मास इन्डेक्स’ लाई नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र कोलेस्ट्रोलको उच्च स्तर (हाइपरलिपिडेमिया) मा नियमित नजर राख्दै अतिरिक्त सोडियमको खपत सीमित गर्न सक्नु पर्दछ”, उहाँले भन्नुभयो, ‘गतिहीन जीवनशैली परित्याग गर्दै शारीरिक क्रियाकलापमा संलग्न हुन पनि जरुरी छ ।

परामर्श र सचेतना कार्यक्रममार्फत् मुटुको स्वास्थ्य अनुगमन गर्ने, स्वस्थ एवं सन्तुलित आहार लिने, ‘ट्रान्स फ्याट’ एवम् ‘जङ्क फुड्स’ बाट टाढा रहने, धुम्रपान तथा मद्यपानको सेवन नगर्ने, तनाव व्यवस्थापन गर्ने तथा गुणस्तरीय निद्राका लागि पर्याप्त अभ्यास गर्न पनि अति आवश्यक छ ।”रासस