२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ ।

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई अहिले काठमाडौँ ल्याइँदै छ ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको राठौरले बताउनुभयो ।

उहाँले सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो । आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

उनीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ ।

अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।