९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटीमा निर्मित बसपार्क नभत्काउन उच्च अदालतको आदेश



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले पूर्वअरनिको यातायातको अगुवाइमा निर्मित बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा.सुविधा सम्पन्न बसपार्क निर्माणमा ल्याएको जनाएको छ ।

काठमाडौँं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौँंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बसहरू अनिवार्य रूपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरे पनि राजधानी पूर्वका यात्रुहरूका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको ।