१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटीमा निर्मित बसपार्क नभत्काउन उच्च अदालतको आदेश



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले पूर्वअरनिको यातायातको अगुवाइमा निर्मित बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा.सुविधा सम्पन्न बसपार्क निर्माणमा ल्याएको जनाएको छ ।

काठमाडौँं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौँंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बसहरू अनिवार्य रूपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरे पनि राजधानी पूर्वका यात्रुहरूका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको ।