२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोधीहरुसँग मिलेर कम्युनिस्टको खोल ओडेर बसेकाले छुरा घोपे – ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता जोगाउन लागेको भए पनि कम्युनिष्टहरुको खोल ओडेकाले नेकपा पार्टी फुटाएको आरोप लगाएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । आफू नेतृत्वको सरकारले गरेको कामले विरोधीहरु आत्तिएको बताउँदै ओलीले एमाले सँगमात्रै समस्या समाधान गर्ने तागत भएको जिकिर गरे ।

ओलीले भने ‘अहिले कम्युनिष्ट एकता भनेर हिँड्दै छन् । अब उनीहरुलाई कसैले पत्याउँछ ? दुनियाँमा हल्ला छ अदालतले पार्टी फुटायो भन्ने पार्टी अदालतले होइन प्रचण्ड र माधव नेपालले फुटाएको हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवा पटक–पटक प्रधनमन्त्री भए पनि देश र जनताका लागि केही नगरेको आरोप लगाए । यस्तै, एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको ओलीले दाबी समेत गरे ।




भर्खरै