९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिटकिरीको यी उपायले पति–पत्नीको मनमुटावदेखि आर्थिक संकटसम्म सबै कुरा हट्नेछ



अ+ अ-

एजेन्सी । वास्तु शास्त्रमा यस्ता धेरै उपायहरू बताइएको छ जसको माध्यमबाट मानिसले धेरै प्रकारका दोषबाट मुक्ति पाउन सक्छ ।

वास्तु शास्त्र वास्तवमा हाम्रो जीवनलाई सजिलो बनाउने प्रणाली हो । वास्तु शास्त्रमा घरमा प्रयोग हुने यस्ता धेरै कुराको उपाय बताईएको छ, जसलाई प्रयोग गर्नाले नकारात्मकताका साथसाथै घरको धेरै समस्याहरु पनि हट्छन् । यी मध्ये एक हो फिटकिरी, जसको प्रयोगले मानिसलाई धेरै फाइदा हुन्छ ।

नकारात्मकतालाई यसरी हटाउँछ

यदि तपाईको घरमा नकारात्मकता फैलिएको छ भने घरको कुनै कुनामा फिटकिरी राख्नुहोस् । यसो गर्नाले केही समयमै नकारात्मकताबाट मुक्ति मिल्छ । साथै, यदि तपाईंको घरको वास्तु राम्रो छैन भने रातो कपडामा फिटकरी बाँधेर भान्सामा राख्नुहोस् । यसो गर्नाले वास्तु दोष हट्छ । यसका साथै जीवनका धेरै समस्याबाट पनि मुक्ति मिल्छ ।

श्रीमान्–श्रीमतीबीच मनमुटाव हुनेछैन

यदि बिना कारण श्रीमान्–श्रीमतीको सम्बन्धमा दरार आउँछ वा मनमुटाव जारी रहन्छ भने फिटकिरीको यो उपाय प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो सुत्ने कोठाको झ्याल नजिकै एउटा कचौरामा फिटकिरी राख्नुहोस् । यसो गर्नाले पति–पत्नीको सम्बन्ध मधुर बन्न जान्छ ।

आर्थिक संकट हट्नेछ

यदि कसैलाई आर्थिक नोक्सान भइरहेको छ भने, उसले आफ्नो पर्समा फिटकरीको सानो टुक्रा राख्नुपर्छ । यसो गर्नाले कम पैसा खर्च हुन्छ र घरमा समृद्धि आउँछ ।

स्वास्थ्यमा लाभ मिल्नेछ

यदि कसैको स्वास्थ्य लगातार बिग्रन्छ भने बिरामीको टाउकोमा फिटकिरीलाई उल्टो दिशामा सात पटक घुमाएर बाहिर फालिदिनुहोस् । यसो गर्नाले स्वास्थ्यमा सुधार देखिन्छ । यसका साथै सिरानीमुनि फिटकिरीको टुक्रा राखेर सुत्दा दुःस्वप्नबाट बचाउँछ ।