१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभित्र पनि मास्क लगाउन नागरिकलाई सरकारको आग्रह



अ+ अ-

काठमाडौं । भारत सरकारले कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि आफ्ना नागरिकलाई घरभित्र पनि मास्क लगाउन आग्रह गर्दै जथाभावी नहिंड्न र घरभित्र बाह्य व्यक्तिलाई नबोलाउन भनेको छ ।

भारत सरकारको नीति आयोगको स्वास्थ्यतर्फका सदस्य डा. भी के पाउलले परिवारबीच पनि मास्क लगाउन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि भारतमा रोकथामको कडा उपाय अपनाउन सरकारले भनेको छ । भारतका कतिपय शहरहरुमा लकडाउन घोषणा गरिएको छ ।