• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसियाली खेलकुद: महिला फुुटबलमा नेपाल बंगलादेशसित खेल्दै



हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् ।

नेपाल र बंगलादेश यसअघि खेलेका दुवै खेलमा पराजित भइसकेका छन् । वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ :४५ बजे सुरु भएको हो । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो ।

बंगलादेश पनि पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसँगको खेल ६–१ गोलअन्तरले पराजित भएको थियो ।